नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर एक लाख ६८ हजार २ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।








