उत्तरी दिल्लीमा सोमबार साँझ भत्किएको चार तले भवनको भग्नावशेषबाट कम्तीमा दुई जनाको शव निकालिएको छ भने १२ जनालाई जीवितै उद्धार गरिएको छ ।
बिज्ञापन
मृतक दुवै सात र १७ वर्षका बालिका रहेका छन् । उद्धार कार्य जारी रहे पनि अझै केही व्यक्ति भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ ।
बिज्ञापन
उक्त घटना उत्तरी दिल्लीको बुरारी क्षेत्रमा भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।सोमबार राति नै उद्धारको काम गरिएको थियो ।








