होमपेज > दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडको कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा बन्द भएको छ।

बिज्ञापन

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार नौ अर्ब १२ करोडको शेयर कारोबार भएकोमा सोमबार आठ अर्ब ९२ करोडकोशेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ कमी आएको हो।

बिज्ञापन

आज ३१२ वटा धितोपत्रको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर किनबेच भएको हो। सोमबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६४३ रूपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, जानकी फाइनान्सको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूलय ४६६ रूपैयाँ २० पैसा कायम भएको छ। सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४६० रूपैयाँमा झरेको छ। यस्तै, उपकार लघुवित्तको मूल्य ६.५० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य चार हजार २५० रूपैयाँ कायम भएको छ। सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

बिज्ञापन

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३८ रूपैयाँ ९० पैसामा २९ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशतले घटेको हो। सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी विकास बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४६० रूपैयाँमा २८ करोड ४१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ। यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले घटेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते