गुल्मी जिल्लामा दुई अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको पाइएको छ।
बिज्ञापन
दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार एक वर्षको अवधिमा २ अर्ब १८ करोड ३७ लाख ४० हजार बराबरको मासुको कारोबार हुने गरेको छ। दुई नगर र १० गाउँपालिकामा रहेका व्यवसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५०० को दूधको मात्रै कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् छन्।
बिज्ञापन
जिल्लामा दूध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग भएको छलफलमा यो तथ्यांक प्रस्तुत भएको हो। जिल्लामा दूध, माछा, मासु जन्य व्यवसायमा देखिएका समस्याहरुको बारेमा व्यवसायीहरुले विभिन्न खालका धारण राखेका थिए।
व्यवसायीहरुले व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको, उपभोक्त कमी उत्पादन बढी भएको, मूल्य निर्धारण नगरिएको जस्ता समस्या राखेको दुग्द व्यवसायी रविलाल पन्थले बताए। उनले ठूलो परिमाणमा दूध भण्डारण गर्न गुणस्तरीय चिस्याल केन्द्रको अभाव भइरहेको जस्ता समस्याहरु राखेका थिए।
बिज्ञापन
दूध, माछा, मासु व्यवसायीहरुसँग विभिन्न खालका समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा गरिएको यस कार्यक्रमले व्यावसाय सञ्चालनसँगै गुणस्तीयर बिक्री विरतण गर्नका लागि टेवा पुग्ने पन्थले बताए। जिल्लामा दूध, माछा, मासु व्यवसायीहरुलाई व्यवसाय दर्ता, सञ्चालनको बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले जानकारी गराएका थिए।
व्यवसायीहरुसँग वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी लिंदै कार्यालय प्रमुख पाण्डेले आगामी दिनमा समस्या समाधानको बारेमा कार्यालयको तर्फबाट सम्बन्धित कार्यक्रममा समावेश गर्ने बारेमा जानकारी गराए। जिल्लामा दूध, माछा, मासु व्यवसायीहरुसँग गुणस्तरीय वस्तु बिक्रीका लागि यस कार्यक्रमले महत्वपूण भूमिका खेल्ने पाण्डेले भनाइछ।
यस कार्यक्रमले व्यवसायीहरूलाई एकअर्कासँग आफ्नो अनुभव, समस्याहरू र सम्भावित समाधानहरू साझेदारी गर्ने अवसर प्रदान गरेको व्यवसायीहरुको तर्क छ। कार्यक्रमले विभिन्न कृषि, पशुपालन, माछापालन र मासु उत्पादन व्यवसायीहरूको समस्यामा सुल्झाउन, बजारमा सुधार गर्न मद्दत गने अपेक्षा कार्यालयले लिएको छ।








