टिकटकले नेपालको सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ ।
बिज्ञापन
सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको हो । सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ । जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ । मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवद्र्धन गरिनेछ । कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ ।
बिज्ञापन
‘मिस नेपालसँगको यो सहकार्य हाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौ ।’
मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ । उनीहरूले बिहाइन्ड–द–सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन् । प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पु¥याउने छ र अभियानको पहुँचलाई बढाउने छ । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ ।
बिज्ञापन
यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ ।








