होमपेज > कैलालीमा एक विद्यालयको गेटले च्याप्दा बालकको मृत्यु, विद्यालयले मिलाइयो साढे १० लाखमा घटना

कैलालीमा एक विद्यालयको गेटले च्याप्दा बालकको मृत्यु, विद्यालयले मिलाइयो साढे १० लाखमा घटना

बिज्ञापन
बिज्ञापन

कैलालीको कैलारी गाउँपालिका ९ गदरियास्थित जनता माध्यमिक विद्यालयको प्रवेशद्वारमा रहेको गेट ढल्दा च्यापिएर एक बालकको मृत्यु भएको छ। अर्को बालक घाइते भएका छन्। घटनालाई साढे १० लाखमा मिलाइएको पाइएको छ।

बिज्ञापन

विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीले जीर्ण फलामे गेट ढल्दा बिहीबार दिउँसो कैलारी गाउँपालिका ९ गदरियाका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको ज्यान गएको थियो। अर्का बालक, स्थानीय मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते छन्। समिरको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सो विद्यालयले प्रवेशद्वारमा फलामे गेट लगाएको थियो। जीर्ण बनेको गेटलाई रसीले बाँधेर राखिएको थियो। विद्यालयले माघ १० र ११ गतेका दिन जाडो बिदा दिएको थियो। त्यहाँकै स्थानीय रहेका ती बालकहरू त्यहाँ खेल्न पुगेका थिए। सो क्रममा ती बालकहरूलाई फलामे गेटले किचेको थियो।

घटनापछि स्थानीयहरू आन्दोलित भए। शुक्रबार दिनभरी विद्यालय क्षेत्र तनावग्रस्त बन्यो। स्थानीय एवं मृतक र घाइतेका आफन्तजन मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको उपचार, विद्यालय प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामालगायत माग राखेर आन्दोलित बनेका थिए।

बिज्ञापन

आफन्तजन र विद्यालय पक्षसँग भएको छलफलपछि मृतकका आफन्तजनलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्नेलगायत सहमति भएको जनाइएको छ। प्रहरी निरीक्षक खड्का अनुसार मृतकका आफन्तलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएको छ। एक लाख नगद दिइएको छ, भने बाँकी ९ लाख माघ मसान्तभित्र दिइने बताइएको छ। त्यस्तै, ५० हजार रुपैयाँ कैलारी ९ का वडाध्यक्ष खेमराज चौधरीले दिने सहमति भएको प्रहरीले जनाएको छ।

त्यस्तै, घाइते बालकको उपचार पनि विद्यालयले गर्ने भएको छ। यसका साथै उनको पठनपाठन जिम्मा पनि विद्यालयको रहने भएको छ। यसैबिच विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले पदबाट राजीनामा दिने बताएका छन्। सञ्चारकर्मीहरूसँगको संवादको क्रममा प्रअ चौधरीले आफूले नैतिक रूपमा राजीनामा दिएको बताए।

स्थानीयले कैलारी ९ की वडा समिति सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति चौधरीसहित पदाधिकारीहरूको राजीनामा माग गरेका छन्। यसैबिच आक्रोशित स्थानीयले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शान्ति चौधरीले आफ्नो पदीय जिम्मेवारी निर्वाह नगर्दा घटना घटेको आरोप लगाउँदै उनलाई हातपात समेत गरेको प्रत्यक्षदर्शी बताएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते