गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परीक्षण गरिएको छ।
बिज्ञापन
गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परीक्षण पछि ३३८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतीबिन्दु रोग ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।
बिज्ञापन
डाँक फाउन्डेसनको सहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क शिविरमा मोतीबिन्दु देखिएका बिरामीहरूलाई आइतबारदेखि पूरेनवा आँखा अस्पतालमा क्रमशः अपरेसन गरिने शिविर इन्चार्ज पाण्डेले बताए। बिरामीहरूलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।
निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले बिरामीहरूको आँखाका परीक्षण गरेको थियो। नेत्र ज्योति सङ्घ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो।








