यो साता सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले बढेको छ ।
बिज्ञापन
गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २ हजार २०० बढेर १ लाख ५७ हजार ९ सय रुपैयाँमा आइपुगेको हो ।
बिज्ञापन
यो साता पहिलो कारोबार दिनदेखि नै सुन बढ्न लागेको थियो । आइतबार तोलामा १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको थियो । यस्तै, मंगलवार ८ सय रुपैयाँले घटेको थियो । बुधबार ४ सय रुपैयाँले बढ्याे र विहीबार १२ सय रुपैयाँ प्रति तोलाले बढेको थियो ।
साताको पहिलो कारोबार दिनदेखि नै बढ्न लागेको सुनका मूल्य आइतबारदेखि नै बढ्न थालेको हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी यो साता ४५ रुपैयाँ बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा भइरहेको छ ।








