होमपेज > वैवाहिक जीवनमा बाँधिए राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की

वैवाहिक जीवनमा बाँधिए राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सबिना श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएर जीवनको नयाँ सुरुवात गरेका हुन्।

बिज्ञापन

विवाहको दिनलाई विशेष बनाउँदै कार्की दम्पतीले भक्तपुरको मानवसेवा आश्रममा एक दिनको भोजन सेवा प्रदान गरे। सुर्यबिनायक नगरपालिका–२, कौशलटारस्थित मानवसेवा आश्रम भक्तपुर शाखामा उनीहरूले गरिमामय नारायण र बाल गोपालका लागि भोजन सेवा उपलब्ध गराउँदै आफ्नो विवाह समारोह सम्पन्न गरे।

बिज्ञापन

आश्रममा आयोजित यस सेवामूलक कार्यप्रति आश्रमले आभार व्यक्त गर्दै गणेश कार्की र सबिना श्रेष्ठको वैवाहिक जीवन सुखमय, स्वस्थ र सफल रहोस् भनी शुभकामना दिएको छ। कार्की परिवारको यो परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै सराहना गरिएको छ। सामाजिक सञ्जालमा कार्की दम्पतीको यो कदमलाई प्रेरणादायी भन्दै प्रशंसा गरिएको छ। धेरैले तडकभडकबिनाको यो विवाहले परम्परागत सामाजिक बेथितिहरू तोड्न सन्देश दिएको बताएका छन्।

एकजनाले लेखेका छन्, ‘आफूले गर्न नसकेको कुरा अरूले गर्दा पनि खुसी लाग्ने रहेछ। कार्की दम्पतीको यो कार्यले सबैलाई प्रेरणा दिन्छ। संस्कार भुल्न हुँदैन, तर संस्कारका नाममा हुने बेथिति भने तोड्नुपर्छ।’

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते