होमपेज > फर्स्ट माइक्रोफाइनान्सको नाफा २३ प्रतिशतले घट्यो

फर्स्ट माइक्रोफाइनान्सको नाफा २३ प्रतिशतले घट्यो

बिज्ञापन
बिज्ञापन

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेड गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिज्ञापन

कम्पनीले सार्वजनीक गरको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार पुगेको छ। यता, खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशतले घटेर ४ करोड १२ लाख ८६ हजारमा संकुचन भएको छ।

बिज्ञापन

लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ करोड ४७ लाख २० हजार कायम भएको छ। यो अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ४.१४ प्रतिशतले कम हो। त्यस्तै सञ्चालन मुनाफा २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाखमा संकुचन भएको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ।

बिज्ञापन

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको छ।

१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी २१.०७ प्रतिशत घटेको छ भने कर्जा लगानी २६.३३ प्रतिशत घटेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते