नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाइपलाइनमा रहेका कम्पनीहरुलाई प्रथामिक सेयर निष्कासनको अनुमती दिन थालेको छ। बोर्डले बिहीबारबाट आईपीओ निष्कासन स्विकृत गर्न थालेको हो।
बिज्ञापन
सोबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमती दिएका हुन्। जसमा इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता र मेघाश्रीले १८ लाख कित्ता सेयर निष्कासन अनुमति पाएका छन्। दुवै कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्।
बिज्ञापन
बोर्डबाट अनुमती पाएसँगै अब चाँडै यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन्।








