होमपेज > साताको अन्तिम कारोबारको दिन २५८८ विन्दुमा झर्‍यो शेयर बजार

साताको अन्तिम कारोबारको दिन २५८८ विन्दुमा झर्‍यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।

बिज्ञापन

नेप्से ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० करोड रूपैयाँ वृद्धि भएको हो। आज २९६ वटा धितोपत्रको १ करोड १७ लाख ३५ हजार ७१५ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

बिज्ञापन

बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ। बिहीबार पोखरा फाइनान्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३३ रूपैयाँ कायम भएको छ। यस्तै जानकी फाइनान्सको मूल्य ९।३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५६० रूपैयाँमा झरेको छ। बिहीबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४२ रूपैयाँ १० पैसामा २८ करोड ५७ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार १७१ रूपैयाँमा २१ करोड १८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको घटेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते