मंगलबार बिहान चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमा समेत असर परेको छ।
बिज्ञापन
प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ। ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछापमा भूकम्पले क्षति पुर्याएको छ।
बिज्ञापन
प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुङ्गामा भूकम्पले दुई वटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ। सोलुखुम्बुमा पाँच वटा घरमा क्षति गरेको छ। संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एकरएक घरमा सामान्य क्षति पुगेको छ।
प्रहरी मुख्यालयका अनुसार काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन्। प्रहरीले घाइते सबैको उद्धार गरेको छ। चीनको डिङ्गीमा मंगलबार बिहान ७ रेक्टर स्केलको भूकम्प गएको थियो।








