रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ।
बिज्ञापन
नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको होटल सघं नेपाल (हान) ले जनाएको छ। हानको स्थापनाको दिन पारेर सत्कार दिवस मनाउन लागिएको (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार यस दिन देशभरीका होटेल संघ राजधानीमा उपस्थित हुने र आफ्नो रैथाने परिकार प्रस्तुत गर्ने उनले जानकारी दिए। सो अवसरमा नेपाल होटल इयरबुक समेत सार्वजनिक गरिने भएको छ। सो अवसरमा सातै प्रदेशका रैथाने खाना प्रदर्शनीमा राखिने भएको छ।
हानले गत वर्षबाट यसरी क्यालेन्डर कार्यक्रम गर्न थालेको हो। हानको वार्षिक साधारणसभासमेत सोही दिन आयोजना हुने भएको छ।
बिज्ञापन








