नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला ५०० सय रूपैयाँ रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला २००० सय रूपैयाँ बढेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोलाएक लाख ५१ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, शुक्रबार चाँदी मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।








