नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार ४०० सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ५०० सय रूपैयाँ बढेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, बिहीबार चाँदी मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।








