भारतको गुजरातस्थित एक स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
बिज्ञापन
मंगलबार राति सुरतनजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा आगलागी भएको हो ।
बिज्ञापन
आगलागीमा परी चार कामदारको मृत्यु हुनका साथै एकजना घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।








