दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ।
बिज्ञापन
६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको। दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ।
बिज्ञापन
उद्धार कार्य अझै जारी छ। जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ।








