१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन
उनीहरूले ती किशोरीलाई घुम्न जाने भनेर ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त मालीगाउँमा उजुरी परेको थियो। प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








