मकवानपुरमा सामान्य विवादमा कुटिएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।
बिज्ञापन
सोमबार मकवानपुरको थाहा नगरपालिका–१० मुलगाउँमा अन्दाजी ५३ वर्षीय हिराकाजी गोपालीमाथि कुटपिट भएको थियो । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिज्ञापन
कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








