काजकस्तानमा यात्रु बोकेको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ।
बिज्ञापन
स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जहाजमा सुरुमा आगो देखिएको र त्यसपछि अकताउ सहरनजिकै खसेको हो। प्रारम्भिक रिपोर्टहरुका अनुसार केही यात्रुहरुको जीवितै उद्धार गरिएको काजकस्तानले जनाएको छ।
बिज्ञापन
के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन। सीएनएनका अनुसार जहाजमा ६२ यात्रु र ५ जना चालकदलका सदस्य थिए। अजरबैजान एयरलाइन्सले उडान नम्बर जे२-८२४३ को इम्ब्रायर १९० एयरक्राफ्ट अजरबैजानको राजधानी बाकुबाट रुसी चेचेन्या क्षेत्र ग्रजनीका लागि उडेको जनाएको छ।
जहाजले अकताउबाट ३ किमि टाढा आकस्मिक अवतरण गरेको सीएनएनले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको एजेन्सीहरुले जनाएका छन्।
बिज्ञापन








