होमपेज > बढ्यो चिसो, कुन-कुन क्षेत्रमा पर्‍यो पानी?

बढ्यो चिसो, कुन-कुन क्षेत्रमा पर्‍यो पानी?

बिज्ञापन
बिज्ञापन

देशैभरको मौसम घट्दोक्रममा रहेको मौसमविद् मीनकुमार अर्यालले बताए। जाडो बढेसँगै उपत्यका, खोंच क्षेत्रमा बिहान हुस्सु, तुवाँलो लाग्न थालेको उनले बताए। तराईमा अझ बाक्लो हुस्सु र तुवाँलो लाग्न थालिसकेको उनको भनाइ छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भू-भागमा वर्षा भएको छ।

बिज्ञापन

मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो चौबीस घन्टामा डडेलधुराको साहुखर्कमा १६.४, डडेलधुरामै ९ मिलिमिटर वर्षा भएको छ। दिपायलमा ५.६, मिलिमिटर वर्षा भएको छ। पछिल्लो तीन घन्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशमा बदली भए पनि उल्लेख्य वर्षा नभएको उनले बताए। पछिल्लो तीन घन्टामा चितवनको झुवानीमा ३.२ मिलिमिटर वर्षा भएको अर्यालले बताए। सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्ला हिमपातको सम्भावना रहेको छ। बाँकी स्थानमा पनि चिसो बढेको उनले बताए।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टा सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू तथा बागमती प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो। त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको प्रक्षेपण गरेको थियो।

साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु-कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन भनेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते