होमपेज > ऋषिकेश पोखरेलकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी

ऋषिकेश पोखरेलकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी

बिज्ञापन
बिज्ञापन

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

बिज्ञापन

मोरङको धनपालथान गाउँपालिका– ३ कर्सीयास्थित रहेको उमागौरी कृषि सहकारी संस्था ठगीमा संलग्न रहेको भनी मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अञ्जालसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रतिवादी बनाइएका २६ जनामध्ये रोशन राजवंशी पुर्पक्षका लागि थुनामा छन्।

बिज्ञापन

अञ्जलासहित २५ जना फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। उमागौरीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अनसारी मिया, कोषाध्यक्ष शम्भु प्रसाद सिंह, सदस्यहरु आमोदकुमार मण्डल, जितमान ठाकुर, लेखासमितिका संयोजक विजयकुमार यादव, लेखा समितिका सदस्यहरु सुरेन्द्र कुमार राजवंशी, अशोककुमार विश्वास, सञ्चालक समितिकी पूर्व उपाध्यक्ष दिलमाया राई, पूर्व उपाध्यक्ष उपासी राजवंशी, लेखापाल सोनु यादव, पूर्व कर्मचारीहरु मोहमद नजाम उद्दिन, चम्पा गिरी, पूर्व उपाध्यक्षहरु शम्भु प्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्व सहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्व सदस्य ज्योति बास्कोटा, पूर्व सञ्चालक समिति सदस्यहरु मित्रप्रसाद शिवाकोटी, सरद सिंह, मो।नसरुदिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशीविरुद्ध आज ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको हो।

योगिता शर्मा बास्तोलाको जाहेरीमा दायर भएको उक्त मुद्दा सहकारी ऐनअन्तर्गतको कसुरमा अगाडि बढाइएको छ। सो सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियोग पत्रमा उल्लेख छ। सो रकम विगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको मागदावी गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते