नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को वितरयोग्य मुनाफाबाट शेयरधनीलाई १०.३८ प्रतिशत बोनस दिने भएको छ।
बिज्ञापन
बैंकका कम्पनी सचिव श्रीधर अधिकारीका अनुसार बैंकले चुक्ता पूँजीको ७१ करोड ९२ लाख ६० हजार ४३१ रुपैयाँ अर्थात ६.८५ प्रतिशत नगद लाभांश दिने भएको हो। यस्तै, ३९ करोड ९० लाख ५ हजार ७८६ रुपैयाँ अर्थात ३.८० प्रतिशत बोनस शेयर दिने जनाइएको छ।
बिज्ञापन
बैंकको उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिसकेको छ भने अब आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ। बैंकको ३१औँ साधारणसभा पुस २१ गते बस्दैछ। बैंकले बोनस वितरण र साधारणसभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक्क क्लोज गर्ने छ। पुस ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउने छन्।








