कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
बिज्ञापन
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको छ।
बिज्ञापन
यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यसैगरी रायो सागको मूल्य २५ रुपैयाँ छ। तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ।
लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६० रुपैयाँ कायम भएको छ।
त्यस्तै घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँमा कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।








