होमपेज > दुर्घटना भएपछि पीडित परिवारले गरे तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध

दुर्घटना भएपछि पीडित परिवारले गरे तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध

बिज्ञापन
बिज्ञापन

दाङमा दुर्घटना भएपछि पीडित परिवारले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्।

बिज्ञापन

मंगलबार बिहान ८ बजेदेखि घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा मृतकका आफन्तले चालकलाई कारबाही र राहत माग गर्दै सडक अवरूद्ध गरेका हुन्। सोमबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको थियो।

बिज्ञापन

मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर-१७ का २२ वर्षीय दिपक बस्नेतको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए। उनका अनुसार घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिपर चालक घोराही-११ का ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन्। ‘मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले सडक अवरूद्ध गरेका हुन्, सञ्चालनमा ल्याउन छलफल गरिरहेका छौं,’ डिएसपी थापाले भने, ‘सोमबार पनि सडक अवरूद्ध थियो।’

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते