त्रिभुवन विभानस्थलमा अवैध सुनसहित एक पक्राउ परेका छन।
बिज्ञापन
विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् । रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ।
बिज्ञापन
भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्याएमा १० हजार दिने आश्वासन पछि सो सुन ल्मायाएको उनले प्रारम्भिक बयान दिएका छन्।
सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ। थप अनुसन्धान जारी राखिएको छ।








