अघिल्लो दिन प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको सुन बुधबार भने ९ सय रुपैयाँ बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
बिज्ञापन
त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ कायम भएको छ।








