सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेको काठमाडौंमा बयान सकिएको छ।
बिज्ञापन
गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक समेत रहेका जोशीको बिहीबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचनल गरेको जोशीमाथि आरोप छ। सहकारी ठगी प्रकरणमै कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको थियो।
बिज्ञापन
बिहीबार जोशीको बयान सकिएको र भोलि शुक्रबार नै पोखरा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी वसन्त रजौरेले जानकारी दिए। पोखराको सूर्यदर्शन सहकारी सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा जोशी गत असोज ६ गते पक्राउ परेका थिए।








