हुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका – ८ राहदेव गाउँका ४९ वर्षीय घण्टपाल रोकायाको भीरबाट लडेर मृत्यु भएको हो ।
बिज्ञापन
स्थानीय भरिकाङ कमन्द वनमा भेडा चराउन गएका रोकायाको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको उनका भाइ रेशमराज रोकायाले बताए ।
बिज्ञापन
भेडाबाख्रा व्यवसाय गर्दै आएका मृतक रोकायाका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।








