होमपेज > चर्चित अभिनेता श्रीकान्त मेका काठमाडौंमा,गरे पशुपतिनाथ मन्दिरको दर्शन

चर्चित अभिनेता श्रीकान्त मेका काठमाडौंमा,गरे पशुपतिनाथ मन्दिरको दर्शन

बिज्ञापन
बिज्ञापन

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेका सोमबार काठमाडौं आइपुगेका छन् । पत्नी र दुई सहयोगीसहित उनी दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

बिज्ञापन

सोमबार बेलुका पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरे । सोल्टी होटलमा बसेका उनी मंगलबार बिहान बुढानिलकण्ठ मन्दिरको दर्शनमा जाने कार्यक्रम छ । मंगलबार जनकपुरको जानकी मन्दिर दर्शन गरेर उनी त्यतैबाट भारत फर्किने कार्यक्रम छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आइपुगेका अभिनेता श्रीकान्तको भ्रमण धार्मिक देखिन्छ । तेलुगु, तामिल, कन्नडा र मलायलमसहितका १२० फिल्ममा उनले अभिनय गरेका छन् ।

बिज्ञापन

जुनियर एनटीआरको शीर्ष भूमिका रहेको ‘देवरा पार्ट वन’ उनको पछिल्लो फिल्म हो, जुन नेपालमा समेत रिलिज भएको थियो । उनले अल्लु अर्जुनसँग पनि करिअरमा धेरै हिट फिल्म दिएका छन् । राम चरण र कियारा आडवाणी अभिनित फिल्म ‘गेम चेन्जर’ श्रीकान्तको आगामी फिल्म हो जुन प्रदर्शन तयारीमा छ ।

 

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते