होमपेज > एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच ‘एलिपे प्लस’ को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल-पे मर्चेन्टहरूका क्यूआर कोडमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ।

बिज्ञापन

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यो सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा एलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।

बिज्ञापन

चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

एलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दा बढी अक्वाइरिङ नेटवर्क ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन्। एनसीएचएलले एलिपे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको जनाएको छ।

बिज्ञापन

यो पहलअनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका लागि सम्झौता भएको हो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते