प्रहरी वृत्त स्वयम्भूको टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
धादिङको गंगाजमुना गाउँपालिका–५ घर भई हाल गोंगबु बस्ने लोरबहादुर गुरुङ र लम्जुङको दूधपोखरी घर भई ललितपुरस्थित नख्खिपोट बस्ने धनबहादुर गुरुङ पक्राउ परेका हुन्। उनीहरूलाई ठूलो भर्याङस्थित नियमित जाँच गर्दा दुवै जनाले चलाएको मोटरसाइकल र स्कुटरसहित शनिबार पक्राउ गरिएको हो।
बिज्ञापन
पक्राउ परेकामध्ये लोरबहादुरले चलाएको प्रदेश ३–०२ प ८८२६ नम्बरको स्कुटरबाट नौ लाख उनीसँगै हिँडेका अर्का धनबहादुरले चलाएको बा८९प ५८३४ नम्बरको मोटर साइकलबाट थप एक लाखसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले हुन्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
बिज्ञापन








