लक्ष्मी सन्राइज बैंकले कास्की जिल्लाको पोखरामा शाखास्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। बैंकले पोखरा महानगरपालिका वडा नं- २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं- ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरी सेवा विस्तार गरेको हो।
बिज्ञापन
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा नं २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नुहुनेछ। सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औँ एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं-१६ को बाटुलेचौरमा स्थापना भएको हो। साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं-३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ।
बिज्ञापन
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।








