साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो। यसअघि कात्तिक ७ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार भने छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला २ हजार ७० रुपैयाँ कायम रहेको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै पछिल्लो समय नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको छ।








