होमपेज > चित्र बनाउने पहिलो रोबोट

चित्र बनाउने पहिलो रोबोट

बिज्ञापन
बिज्ञापन

चित्रकला बनाउने पहिलो रोबोट एआई-डाको पहिलो चित्रकला डेढ लाख डलरमा बिक्रीका लागि डाक बढाबढ गरिने भएको छ। ‘एआई गड’ नामक यो चित्रकला प्रख्यात कम्प्युटर वैज्ञानिक एलन टुरिङको कम्प्युटरकृत चित्रकला हो। यसलाई रोबोट कलाकार एआई–डाले बनाएकी हुन्।

बिज्ञापन

दुई मिटर अग्लो यो चित्र गत मेमा संयुक्त राष्ट्रसंघमा प्रदर्शनी राखिएको थियो। चित्रकार रोबोटको नाउँ पहिलो कम्प्युटर प्रोग्रामर एडा लभलेसको सम्मानमा राखिएको हो। प्रदर्शनीमा राखिँदा कम्प्युटर ल्याङ्वेजबाट डाले भनेकी थिइन्, ‘मैले यो चित्र एलन टुरिङको सम्मानमा बनाएकी हुँ। उनले जहिल्यै पनि कम्प्युटरको प्रयोग जिम्मेवारीपूर्ण ढंगले गर्नुपर्छ भन्ने धारणा राख्थे। त्यो जिम्मेवारीका बारेमा झक्झक्याउन यो चित्र बनाएकी हुँ।’

बिज्ञापन

रोबोटले बनाएको यो पहिलो चित्रकला भएकाले क्रेताहरूबीच आकर्षण बढ्ने अपेक्षा गरिएको छ। यसअघि एआई विधिमार्फत बनाइएका अन्य चित्रकलाहरूमध्ये ‘पोट्रेट अफ एडमन्ड डि बेलामी’ चित्रकलालाई सन् २०१८ मा चार लाख ३२ हजार पाँच सय डलरमा बेचिएको थियो। त्यसयता डाल–ई, स्टेबल डिफ्युजन लगायतका अन्य सफ्टवेयरमार्फत चित्रकला बनाउनु निकै सजिलो हुँदै जान थालेको छ। सन् २०२२ मा एआईले बनाएका चित्रकलाले कोलोराडो स्टेट आर्ट फेयर आर्ट कम्पिटिसनमा पुरस्कारसमेत प्राप्त गरेको थियो।

एआईबाट कला सिर्जना गर्ने लुबा एलियट भन्छन्, ‘पछिल्लो पटक क्रिस्टीज र सोथबाई जस्ता लिलामी कम्पनीले एआईद्वारा निर्मित डिजिटल कला बेच्न निकै ठूलो काम गरिरहेका छन्। यस्तोमा शुरूमा ठूलो होहल्ला हुनु स्वाभाविक हो।’

बिज्ञापन

हुन पनि विभिन्न ऐतिहासिक क्षेत्रमा कलाकार बस्ने र पर्यटकहरूको चित्रकला बनाउने र त्यसलाई बेचेर राम्रै आम्दानी गरिरहेको सन्दर्भमा अचानक एआईले त्यो कला र आम्दानीको स्रोत नै खोस्न थालेपछि बढी नै आलोचना हुनु स्वभाविक हो।

तर आम्दानीको एउटा स्रोत सुके पनि एआईले आम्दानीको अर्को बाटो खोल्ने पनि लुबा बताउँछिन्। टुरिङको यो चित्रकला र एआई–डालाई बेलायती रोबोटिक कम्पनी मेलरले बनाएको हो। यो चित्रलाई आउँदो ३१ अक्टोबरदेखि नोभेम्बर ७ सम्म बिक्रीका लागि राखिने द टाइम्स अखबारले जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते