होमपेज > नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले ११ कात्तिकदेखि १४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो।

बिज्ञापन

महाशाखाले २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिनमात्र बिक्री खुला गर्नेछ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।

बिज्ञापन

यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ। प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ। बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म बिक्री खुला गरिने महाशाखाले जनाएको छ।

सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। सुन असर्फी तथा चाँदीको सिक्का खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था महाशाखाले गरेको छ। सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजेपछि मात्र महाशाखाबाट बिक्री कार्य सुरु हुनेछ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते