होमपेज > अमेरिकाविरुद्धको अन्तिम टी-२० आईमा नेपालले अहिले फिल्डिङ गर्दै

अमेरिकाविरुद्धको अन्तिम टी-२० आईमा नेपालले अहिले फिल्डिङ गर्दै

बिज्ञापन
बिज्ञापन

नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको टी२० शृङ्खलाअन्तर्गत आज बिहान खेल हुँदै छ । आजको तेस्रो तथा अन्तिम टी ट्वान्टी आईमा नेपालले सुरुमा फिल्डिङ पाएको छ ।

बिज्ञापन

अमेरिकाको ड्यालसमा हुने खेलअघि अमेरिकाले टस जिती ब्याटिङ रोजेपछि नेपालले फील्डिङ गरिरहेको हो । अन्तिम टी ट्वान्टी आईमा अमेरिकालाई पराजित गरी नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

बिज्ञापन

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतबार नै जितिसकेको छ । यसअघिका दुवै खेल नेपालले जिती शृङ्खलाको अन्तिम नतिजा आफ्नो पक्षमा पारिसकेको छ । शुक्रवार बिहान भएको खेलमा नेपाल १७ रनले विजयी भएको थियो । हिजो बिहान भएको दोस्रो खेल नियमित समयभित्रमा बराबरीमा टुङ्गिएपछि सुपर ओभर खेलिएको थियो । त्यसमा नेपाल विजयी भएको थियो । पहिलो टी ट्वान्टी आईमा १७ रनले जीत हासिल गरेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यो टी ट्वान्टी सिरिजपछि नेपाली टोलीले अमेरिका एसँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते