होमपेज > जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण चक्र शुरु

जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण चक्र शुरु

बिज्ञापन
बिज्ञापन

जाडो मौसम शुरु भएसँगै दिल्लीमा वायु प्रदूषण बढ्न थालेको छ । सरकारी तथ्याङ्कअनुसार आज दिल्लीको वायु गुणस्तर सूचक २६०–२६५ को बीचमा रहेको छ, जुन ‘खराब’ को श्रेणीमा पर्ने भारतको मौसम विभागले जनाएको छ ।

बिज्ञापन

भारतीय सञ्चार माध्यमका अनुसार आउँने दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन् । वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । वायुको गुणस्तर सूचाङ्क ० देखि ५० बीचमा भएमा हावाको गुणस्तर राम्रो मानिन्छ । ५१ देखि १०० सम्मको हावाको गुणस्तर सन्तोषजनक, १०१ देखि २०० अलिकति प्रदूषित, २०१ देखि ३०० खराब, ३०१ देखि ४०० अत्यन्तै कमजोर र ४०१ देखि ५०० सम्मको वायुको गुणस्तरलाई गम्भीर मानिन्छ ।

बिज्ञापन

मौसम विभागका एक वैज्ञानिकले दिल्लीको वायुको गुणस्तर आउँदा दिनमा अझै ‘अत्यन्त कमजो’ रहने अनुमान गरेको बताएका छन् । केही स्थानीयहरूले पनि अहिले दिल्लीको प्रदूषण चक्रको शुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते