होमपेज > सेयर बजारमा भारी गिरावट, सबै समूहको उपसूचक राताम्मे

सेयर बजारमा भारी गिरावट, सबै समूहको उपसूचक राताम्मे

बिज्ञापन
बिज्ञापन

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा पुगेको छ।

बिज्ञापन

अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो। नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा बढेको छ। आज ३१५ स्क्रिप्सको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी नगदी ग्रुपको ९.८९ प्रतिशतले बढ्दा हिमालयन लघुवित्त वित्तीय संस्थाको ५.९२,सिटीजन्स सुपर ३० म्युचुअल फण्डको ३.७९ र एनआईबीएल स्टबेल फण्डको ३.६४ प्रतिशतले बढ्यो।

बिज्ञापन

यसदिन इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड बढीको सेयर कारोबार भयो। कुमारी बैंकको ३७ करोड बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २६ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको २३ करोड र नगदी ग्रुपको २१ करोड बराबरको सेयर कारोबार भयो। यसदिन सबै समूहको उपसूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घट्यो। कारोबारमा आएका १८ स्टक्सको मूल्य बढ्दा २२६ वटाको घटयो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते