होमपेज > पेन्सन तथा उपदान कोषको पैसा राख्ने बैंकको खोजीमा राष्ट्र बैंक

पेन्सन तथा उपदान कोषको पैसा राख्ने बैंकको खोजीमा राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको पैसा एक वर्षे मुद्दती निक्षेपमा राख्ने बैंकहरुको खोजी गरेको छ ।

बिज्ञापन

बैंकले एक सूचना जारी गर्दै उक्त कोषको रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफ्नो इमेलमा प्रस्ताव पेश गर्न आह्वान गरेको छ । २०८१ कात्तिक १३ देखि २०८२ कात्तिक १२ गतेसम्मका लागि राख्न लागिएको उक्त मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २ गते ७ बजेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

बिज्ञापन

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्न प्रस्ताव माग गरेको हो ।

यो निक्षेप लिन राष्ट्र बैंकले १२ वटा शर्त राखेको छ । उक्त शर्तअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजी कोष कायम भएको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएकोलगायतका शर्त छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स