मानिसहरु स्वास्थ्यको ख्याल गर्दै विभिन्न खानेकुराहरु खाइरहेका हुन्छन् । तर कुन खानेकुरा कुन समयमा खानुपर्छ थाहा नपाई खादा विभिन्न सम्स्या आउछ । त्यसैले खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ। नत्र स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्याउँछ।
बिज्ञापन
– यी खानेकुरा खाली पेट खानुहुँदैन:
बिज्ञापन
१-केरा

बिज्ञापन
केरा पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। तर, बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ।
२-अमिला फलफूल

अमिला फलफूल अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। तर, खाली पेट खायो भने मानव शरीरका लागि ‘विष’ बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन्।
३-दही

दही पेटका लागि निकै उपयोगी खानेकुरा हो। गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ। तर, खाली पेट दही खायो यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ।
४-चियाकफी

चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई ‘रिलाक्स’ अनुभव गराउँछ। तर, खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्याउँछ।
५-मसालेदार खाना

अधिकांशले खानामा अत्यधिक मसला प्रयोग गर्छन्। यसले खाना त मिठो बनाउँछ। तर, स्वास्थ्यमा प्रतिकूल असर पार्छ। चिकित्सकका अनुसार मसालेदार खानेले शरीरमा एसिडको मात्रा बढाउँछ। र, पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ।








