होमपेज > २० जना कामदारको गोली हानी हत्या

२० जना कामदारको गोली हानी हत्या

बिज्ञापन
बिज्ञापन

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बिज्ञापन

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो । आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भन्नुभयो,“राति ४० जना आक्रमणकारीहरूले राति (स्थानिय समय १२ः३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।”

बिज्ञापन

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताउनुभयो । “आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,” उहाँले थप्नुभयो ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा संचालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।
उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ ।

बिज्ञापन

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् ।
शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते