होमपेज > जान्नुहोस् ल्वाङ खानुका १० फाइदाहरु

जान्नुहोस् ल्वाङ खानुका १० फाइदाहरु

बिज्ञापन
बिज्ञापन

नेपाली भान्सामा ल्वाङको प्रयोग मसला अथवा औषधिका रूपमा प्रयोग हुँदै आएको छ । ल्वाङको प्रयोगले तपाईंको कतिपय स्वास्थ्य समस्या समाधान हुन्छ ।

बिज्ञापन

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ ।

बिज्ञापन

-ल्वाङका खानुका फाइदाहरु:

१-एसिडिटी

बिज्ञापन

ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।

२-मुटुको समस्या

दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

३-घाउ

ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

४-रोगसँग लड्ने क्षमता

यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

५-अनुहारमा चमक

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

६-नरम छाला

ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

७-कमजोरी भगाउँछ

यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

८-आँखाका लागि

अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

९-दाँत दुखाई

ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

१०-पिनास 

ल्वाङमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते