दैलेखबाट सुर्खेत जाँदै गरेको मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बिज्ञापन
शुक्रबार बिहान क.प.०२००(ख)८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको छ ।
बिज्ञापन
घाइते मध्ये दैलेख दुल्लु नगरपालिका- -१३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।








