होमपेज > सानिमा लिमिटेडले गर्‍यो लाभांश घोषणा

सानिमा लिमिटेडले गर्‍यो लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्षसम्मको वितरण योग्य नाफाबाट सेयरधनीका नाममा कायम सेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५.७४२१ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश पारित गर्न कात्तिक १४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।

बिज्ञापन

यस्तै,सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ । यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते