हाम्रो शरीरलाई चाहने अति आवश्यक पदार्थ मध्य फलफूल पनि एक हो । शरीरलाई फिट राख्नको लागि फलफूल खान जरुरी हुन्छ । फलफूलमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । जस्ले गर्दा रोगबाट बच्न सकिन्छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।
बिज्ञापन
खाली पेटमा फलफूलहरुको सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । खाली पेटमा खाएको फलफुलले पाचन स्वास्थ्य राम्रो हुन्छ । खाली पेटमा फलफूलहरुको सेवनले कब्जियतबाट समेत छुटकारा पाइन्छ ।
बिज्ञापन
-खाली पेटमा यी फलफूल खाँदा राम्रो:
१- किबी
बिज्ञापन

किबी बिहान खाली पेटमा खाँदा धेरै फाइदा हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसले पाचनतन्त्र स्वस्थ राख्दछ । डेंगुको बिरामीको लागि किबी निकै लाभदायक छ ।
२- स्याउ

स्याउ स्वास्थ्यका लागि बरदानभन्दा कम छैन । यसले तौललाई कन्ट्रोल गर्दछ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यदि तपाईं कब्जियतको समस्यामा हुनुहुन्छ भने बिहान खाली पेटमा नियमित स्याउ खानुहोस् ।
३-अम्बा

अम्बा खाली पेटमा खानु ज्यादा फाइदाजनक हुन्छ । यसमा भएको फाइबरले कब्जियतबाट राहात दिन्छ । यसमा बिटा क्यारोटिन पनि पाइन्छ । जसले आँखाको स्वास्थ्य राम्रो बनाउँछ ।
४- अनार

अनारमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट र एन्टीइफ्लामेटरीको गुण पाइन्छ । अनारलाई खाली पेटमा खाँदा धेरै फाइदा हुन्छ । यसले शरीरमा हुने आइरनको कमीलाई पूरा गर्छ ।
५- मेवा

मेवा बिहान खाली पेटमा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यो फल बिहान बिहान खाली पेटमा खाँदा स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै, कोलस्ट्रोलको लेवल पनि कम हुन्छ ।
-थप पढनुहोस:








