नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट चलचित्र ‘जारी’ युट्युबमा रिलिज गरिएको छ ।
बिज्ञापन
गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा दशैको अवसर पारेर सोमबार रिलिज गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।
बिज्ञापन
फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।
-हेर्नुहोस् फिल्म:








