किसमिस ड्राई फ्रूट्स अन्तर्गत पर्दछ । किसमिसमा आयरन, कैल्शियम, फाइबर, पोटैशियम, मैग्नीशियम, एंटीऑक्सीडेंट प्रयाप्त मात्रामा पाइन्छ । खाली पेटमा किसमिस खाँदा यसले कब्जियतको समस्या कम गराउँछ । किसमिसले हेमोग्लोबिन बढाउन मद्दत गर्छ भने कलेजोलाई स्वस्थ राख्छ ।
बिज्ञापन
यसमा हुने क्याल्सियमले हड्डीलाई मजबुत बनाउँका साथै उच्च रक्तचाप पनि घटाउँछ । किसमिसको पानीले रगत बढाउन मद्दत गर्छ । एक मुठ्ठी किसमिसलाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा पानी पिउनाले यसले शरीरमा पर्याप्त मात्रामा रगत बढाउँछ । त्यस्तै, बालबालिकाको शारीरिक विकासका लागि पनि यो महत्वपूर्ण छ । यसले बालबालिकाको तौल बढाउँछ । यसको सेवनले पाचन क्रियालाई सुधार्दै इम्यून सिस्टमलाई समेत बलियो बनाउदै जान्छ ।
बिज्ञापन
-किसमिसका खानुका फाइदाहरू:
१- रगतको कमिमा
बिज्ञापन
किसमिसले रगतको कमिमा राम्रो फाइदा गर्दछ । रगतको कमि भएकाहरूले नियमित यस्को सेवन गर्नुपर्छ । किसमिस भिटामिन बी र आयरनको राम्रो स्रोत हो ।
२-खाना पचाउन
किसमिस फाइबरको राम्रो स्रोत भएकाले खाना पचाउन समेत राम्रो भूमिका खेल्दछ । फाइबरको अर्को महत्वपूर्ण काम भनेको कब्जियत हटाउनु हो । किसमिस को सेवन दैनिक गर्नाले पेटमा जम्मा भएको फोहर फाल्न समेत राम्रो भूमिका खेल्दछ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको पेटमा जम्मा भएको बिषलाई यसले हटाउने काम गर्दछ ।
३-गर्भवतीलाई फाइदा
किसमिसमा प्रशस्त क्यालशियम पाइने भएकाले गर्भवतीलाई राम्रो फाइदा गर्दछ । यसमा क्याल्शियम र आयरन हुनाले गर्भवतीले किसमिस खानुहोस् भन्ने हाम्रो राय छ । शरिरमा आवश्यक भिटामिनका कमिका कारण हुने सम्पुर्ण रोगमा यो उपयोगी छ । शरीरमा क्याल्शियमको आपूर्ति गर्नु परेमा दैनिक किसमिस खानु उत्तम मानिएको छ ।
४-क्यान्सर हुदैन
सुन्दा अचम्म लाग्न सक्छ नियमित किसमिस खानेहरूलाई क्यान्सर हुदैन भनेको छ । किसमिसमा पाइने एक प्रकारको कैटेचिन नामको एंटीऑक्सीडेंट पाइने हुनाले किसमिसको सेवनले पेटको क्यान्सर, ट्यूमरलाई समेत रोक्दछ ।
५- आँखाको लागी फाइदा
किसमिसको प्रयोग आँखाको लागी राम्रो फाइदा गर्दछ । किसमिसमा पॉलीफेनोलिक फाइटोन्यूट्रिएंट्स नामक तत्व प्रचुर मात्रामा पाइने भएकाले यसबाट प्राप्त एंटीऑक्सीडेंटले आँखाको ज्योति बढाउन राम्रो भूमिका खेल्दछ ।
६- उच्च रक्तचापलाई रोक्न
उच्च रक्तचापका रोगीले नियमित किसमिसको सेवन गर्नु राम्रो फाइदा छ । एउटा रिपोर्ट अनुसार किसमिसको सेवनले उच्च रक्तचापलाई बढ्न समेत रोक्ने काम गर्दछ किसमिसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक क्यालोरी पुरा गरी अनेक रोगबाट बचाउन सक्नेछ । किसमिसमा एंटीबैक्टीरियल गुण हुने भएकाले ज्वरो आएको बेला किसमिसले राम्रो फाइदा गर्दछ ।








