होमपेज > पोखरा जाँदै गरेको बलेरो दुर्घटना, चालकसहित आठ जना घाइते

पोखरा जाँदै गरेको बलेरो दुर्घटना, चालकसहित आठ जना घाइते

बिज्ञापन
बिज्ञापन

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको बलेरो जीपको ब्रेक फेल हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

बिज्ञापन

स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा आज बिहान करबव १० बजे सडकको कुना साइडको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

बिज्ञापन

ग. १ ज. ५७५६ नम्बरको बलेरो जीपमा सवार चालकसहित आठ जना थिए ।  तीमध्ये सात घाइतेलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेका डीएसपी पौडेलले जानकारी दिए । प्रहरीका अनुसार घाइते हुनेमा आँधीखोला गापा–५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं छन् ।

यस्तै, पोखरा–१७ छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर बस्ने ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल र पोखरा–११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफिया नेपाली रहेका छन् । उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते